गायक श्री Prajesh राजवंशी आज आम कोच राजवंशी माझ मात्र परिचित छैनन्, उनी समस्त झापालीहरुको मात्र नभएर पूर्वान्ञ्चल कै सान हुन्! सानै उमेर देखी गायनमा आफुलाई बिधालय र साथी भाई माझ सुरिलो आवाजले चिनाएका झापा चारपानेका यी कलिला गायकले तब सबैको ध्यान आफु तर्फ तान्न सफल भए जब पश्चिमाञ्चलको पोखरामा देश भरिबाट प्रतिस्पर्धा गर्ने हजारौ प्रतिभावान गायकहरुलाई उछिन्दै नेपाल गोल्डेन आईडलको First Runner Up को उपाधी जित्दै आफ्नो नाम कोच राजवंशी इतिहास मै स्वर्ण अक्षरले लेखाए! समाज सेवी बुबा श्री ज्ञानु राजवंशी द्वारा शब्द /रचना गरिएको गितहरु कान्छा छोरा प्रजेशको २ वटा नयाँ एल्बम "साली तोर मुई रसिया" र देशभक्त गिती एल्बम "मेरो देश" मार्फत चाँडै बजारमा आउँदैछ! कोचिला सांस्कृतिक फ्रन्टको आयोजनामा झापाको फुलबारी मेलाको अवसरमा फुलबारी स्थित आरम्भ बाल शिक्षालयमा गएको असोज १९ गते आयोजित कोचिला सांस्कृतिक कन्सर्टमा उनको रास्ट्रप्रेम, संस्कृति प्रेम र देशभक्तिले ओतप्रोत गीत "जागरे उठ गाभुर चेङ्राला...., सुनेर उपस्थित दर्शकहरु रोमान्चित भएका थिए भने उनले गाएको अर्को गित "साली तोर मुई रसिया..." सुनेर दर्शकहरु मन्त्रमुग्ध भएका थिए! गायक प्रजेश राजवंशी द्वारा आउँदो गरुवासी(दिपावली) पर्वको अवसरमा झापाको कचनकवल गाउँपालिकामा कोचिला सांस्कृतिक फ्रन्ट द्वारा बृहद रुपमा आयोजना गरिने कोचिला सांस्कृतिक कन्सर्टमा दर्शक श्रोतालाई भरपुर मनोरञ्जन प्रदान गर्नेछन्.(Copied)
0 comments:
Post a Comment